दरिलो प्रितीको डोरी चुट्दा तिमी हाँस्दै थियौ ।
आँखाबाट आँसुको मूल फुट्दा तिमी हाँस्दै थियौ ।।
कसले सजाउदैन र ? सुन्दर सपनाहरु
त्यो आफ्नो छायाँ मबाट छुट्दा तिमी हाँस्दै थियौ ।।
आधीबेरी चल्दा दियो नबाल्नु वेश संगी
उध्रेको मन यो मैले खुट्दा तिमी हाँस्दै थियौ ।।
सानातिना दुःखमा अहँ नआतिने मान्छे म
चोटहरु एक साथ जुट्दा तिमी हाँस्दै थियौ ।।
मनको मेरुदण्ड भाँचिएपछि लड्यो ‘संगम‘
घाइते लर्खराउँदै उठ्दा तिमी हाँस्दै थियौ ।।
दमौली एफ.एम,तनहुँ