18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल मनु लोहोरुङ् March 5, 2010, 8:20 pm

आज भोली ठूलो पीरमा छु।

मुटु चले पनि स्थिरमा छु।

सुख खोज्दा दु:ख उनिएर,

माछा जस्तै म त झीरमा छु।

कहाँ छ र मन फक्रिएको?

फूल भए पनि भीरमा छु।

बग्यो नदी यहाँ उत्कण्ठको,

त्यसैले म वारी तीरमा छु।

कहाँ बग्छ भाव संग्लो यहाँ?

बीना मुहानको शीरमा छु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।