पर्खि बस म आउँला त्यै गोधुली साँझैमा
आउँला लिइ कोसेली यो मुटुको माँझैमा
जवानीका दिनहरु मुग्लानैमा बित्ने भए
सानै छाडी आको भुन्टे नचिनिने भए
आमा बा का आँखाहरु गोरेटोमै थाकी सके
एउटै हाँसो हाँस्ने धोको शिरमा सेत्तै पाकी सके
न्याउली पनि एक्लै रोयो होला पाखैमा
आउँला लिइ कोसेली यो मुटुको माँझैमा
रुँदा हामी त्यो दिन ताली आफ्नैले बजाको
सुक्सुकाउँदै अन्तमा सपना मिठो सजाको
बाँड्नलाई सुख सँगै बसी पोको पारी ल्याउँदैछु
चाहना तिम्रो त्यो मनको नमर्दै छिट्टै आउँदैछु
नरोइ बसे पियारी सम्झिदै मलाई साँझैमा
आउँला लिइ कोसेली यो मुटुको माझैमा