18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कपिल अन्जान March 3, 2010, 9:34 pm

मलाई देखेर रुन्छ म भन्नै सक्दैन

के–के लेखेर रुन्छ म भन्नै सक्दैन

त जा यहाँ रुनु हँदैन भन्छु

किन फर्केर रुन्छ म भन्नै सक्दैन

ऊ गएकी यही ठाउँ हो भन्दै

त्यहीँ टेकेर रुन्छ म भन्नै सक्दैन

कुनै–कुनै बेला कुन्नि के हुन्छ ?

बाटो छेकेर रुन्छ म भन्नै सक्दैन

अरु सामान्य भए वास्ता गर्दैनथेँ

मुटु बेचेर रुन्छ म भन्नै सक्दैन

कोहलपुर–२, बाँके

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।