प्रतीक्षामा लामो सास फेर्न छाडीदिएँ
अब मैले उन्को बाटो हेर्न छाडिदिएँ ।
कति शब्द कति भाव छताछुल्ल मायाँ
मायां चोपी मसी चिठ्ठी केर्न छाडिदिएँ ।
सोंच्दा सोंच्दै कल्पनामा जस्को बन्थ्यो छायाँ
अंगालोमा त्यो छायाँलाई घेर्न छाडिदिएँ ।
उस्को हात्मा अर्कै मनको साँचो देखेपछि
आफैलाई पछ्यौरीले बेर्न छाडिदिएँ ।
बाँकी जीवन अब एक्लै बाँच्नु पर्छ मैले
चुलेंसीले आफ्नै घाँटी सेर्न छाडिदिएँ ।
फूल भनि काँढा माथि टेकाउने खुट्टा
यी खुट्टालाई अब मैले टेर्न छाडिदिएँ ।
मणिग्राम, रुपन्देही