तिमीले एक्लै छाड्दा म रोएँ
घरको न घाटको पार्दा म रोएँ ।
मायाको बोट, मैले रोपेको थेँ
त्यो अर्कै बागमा सार्दा म रोएँ ।
कालो रैछ मन, बन्द ओठभीत्र
नबोलीकनै माया मार्दा म रोएँ ।
कसम, छायाँ हुँ तिम्रो भन्थ्यौ
पराई तन स्याहार्दा म रोएँ ।
भन, के ग¥यौ तिम्ले यस्तो?
सडक गल्लि चाहार्दा म रोएँ ।
हतारीदै वारी तिर छाडी मलाई
डुङ्गा पाल्लो तिर तार्दा म रोएँ ।
क्यै मानेजस्तो, क्यै नमानेजस्तो
बिस्तारै बिस्तारै टार्दा म रोएँ ।
दुनीयाँ नै जीत्ने सहास थियो
आफ्नै मनसँग हार्दा म रोएँ ।
रुँघा – ७, रुकुम, हाल: त्रि. वि. कीर्तिपुर