खेलमा जीत हुन्छ खेलमा हार हुन्छ
हार्नु र जित्नुमै जीवनको सार हुन्छ
सिक्नुपर्ने धेरै कुरा बाँकी नै छ बुझ
जोड दुईमा दुई अनि पो चार हुन्छ
तिम्रो मेरो मात्र हैन नियति नै यस्तै
नझरुन्जेल पात झरेपछि झार हुन्छ
देखेकै छ देख्नेले सपना दिनमा नि
दिवास्वप्न उसको कसरी साकार हुन्छ
रमाऔं हामी दुईदिनको चोला हाम्रो
हाँसौ गाऔं के छ र यस्मै संसार हुन्छ
ताथली—७, भक्तपुर