सताउन सपनीमा कति आउनुहुँछ ?
सामू पर्दा बिपनीमा, कति लजाउनुहुन्छ ?
भन्थें, हजुरबाट अलग्यै कतै टाढा बस्छु,
नजिक्याउन बाध्य, मनमा कति छाउनुहुन्छ ?
हजुरको सामुन्यमा हजार बिन्ती बिसाउँदानी,
जालो फिजाइरन पछि कति धाउनुहुन्छ ?
खुसाउँदा माया, ठुसाउँदा माय, हरे कति माया,
यति धेरै माया ? ममा त्यस्तो के पाउनुहुन्छ ?
मेरो माया पाउन किन मरिहत्ते यति धेरै,
सजाउनुस् सिङ्गै मलाई, मनमा जति सजाउनुहुन्छ ?