18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत मनु लोहोरुङ् February 28, 2010, 4:28 am

सम्झनाको शीत खस्यो, दुई अन्जुली हात भरी ।

तिम्रै छाँया देखें त्यहाँ, जून फुल्दा रात भरी ।।

कल्पनाको बस्ती भित्र, तिम्रो प्यास मेट्दा खेरी

स्वर्ग जस्तै थियो धर्ती, सपनीमा भेट्दा खेरी ।

पोखिएर बिपनीमा, खुशी झर्यो हात भरी

टुक्रा टुक्रा टिपी रहेँ, जून फुल्दा रात भरी ।।

आकशको तारासंग, तिम्रो बारे सोधी हेरें,

बादलको घुम्टो भित्र, तिमीलाई खोजी हेरें।

आफै कोरें तिम्रो बिम्ब, पिपलको पात भरी,

त्यहिँ भेटें तिमीलाई, जून फुल्दा रात भरी ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।