न त रुँदा बरै भने न त हाँस्दा ताली पाएँ
न त टेक्ने हाँगा पाएँ न समाउने डाली पाएँ ।
जिन्दगानी हराभरा पार्ने ठूलो सपना थियो
खडेरीले उजाडिदियो न त बर्खे बाली पाएँ ।
सत्य बोले सदा मैले तिम्रो मात्र गुन गाएँ
त्यही हुनाले तिमीबाट मुख्नभरी को गाली पाँए ।
सरस्वती जस्तो ठान्थे तिम्रो रुप र गुण मैले
अनर्थ भो जिन्दगिमा तिमी साह्रै जाली पाँए ।