18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सरोज गिरी February 27, 2010, 8:41 pm

अबदेखि फूल पनि पात-मा फूल्छ ।

शितल सूर्य पनि अब रात-मा फूल्छ ।।

जता म जान्छु त्यहाँ सधै जीत हुन्छ,

खुशी पनि अब सधै हात-मा फूल्छ ।।

मेरै साथ मिठो,सब्लाई राम्रो मेरै मुस्कान,

प्रीत पनि अब मेरै साथ-मा फूल्छ ।।

जहाँ पुग्छु त्यहिँ भीड ताली बजाउँछ,

सत्य पनि अब मेरो माथ-मा फूल्छ ।।

कास्कीकोट-७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।