सोध्न मन लाग्छ, किन मान्छेहरु राम्रा हुन्छन् ?
जो राम्रा हुन्छन्, भित्रभित्रै नराम्रा हुन्छन् ।
हाँस्दा फूल खस्छ, मोतीका दाना छिरोलिन्छन् आँखाभरि
बँच , यी राम्रा मान्छे भोग्न साह्रै चाम्रा हुन्छन् ।
जसको पनि मन भेटे बाटोमा , टिप्छन् हिंडिहाल्छन् यिनीहरु
फीर्ता मन माग्न जानेको लाममा हेर धेरै अनुहारहरु हाम्रा हुन्छन् ।
तिमी घायल छौ छैनौ थाहा छैन, म त यी रक्ताम्य छु हेर
सावधान ! देख्नलाई त विध्वंशक ती वमगोला पनि राम्रा हुन्छन् ।
मणिग्राम, रुपन्देही