18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल हरिसुन्दर छुकाँ February 26, 2010, 8:52 pm

रगतको होलीले त्रस्त छन् जनताहरु

अन्धकार भोलीले त्रस्त छन् जनताहरु

दिनैपिच्छे रेटिए मान्छे बोकासरी यहाँ

बन्दुकको गोलीले त्रस्त छन् जनताहरु

मुखमा राम राम बगलीमा छुरा भिर्छन्

लुटेराको टोलीले त्रस्त छन् जनताहरु

बोलुँ कि नबोलुँ गार्है छ चिन्न आपm्नाहरु

धम्क्याउने बोलीले त्रस्त छन् जनताहरु

झुमेकाछन् जनता टोल बस्ती चौतारीमा

बेवारिसे झोलीले त्रस्त छन् जनताहरु

ताथली ७,भक्तपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।