मुटु भरी वेदनाले , आँशु झार्दा गजल बन्छ ।।
यो मनले त्यो मनमा, डेरा सार्दा गजल बन्छ ।।
सुख दु:ख सँगम जीवन, भन्छन भन्नेहरु तर ,
दु:खरुपी तुवाँलोले, सुख बार्दा गजल बन्छ ।।
अन्धकारमै हराएर, सारा जीवन जिउँदा जिउँदै,
उजेलिमा रम्ने झिनो, आश मार्दा गजल बन्छ ।।
कि त पढि कि त परी , जानिन्छ रे भन्छन यहाँ ,
पिडासँगै जीवन अझै, सुनझै खार्दा गजल बन्छ ।।
जीवन भन्नु जुवा ठानी,खुशी सबै दाउमा राखी,
'जितु'ले नै जिन्दगीको, बाजी हार्दा गजल बन्छ ।।