समीप तिम्रो परेर हारें
भएर बादल झरेर हारें
म भर् हजुर्को गरेर हारें
र प्रीत मात्रै छरेर हारें
घना अँधेरो उजेलिएन
बिहानीको रङ् भरेर हारें
छ राम पूर्वाग्रही र रावण्
त भन्छ सीता हरेर हारें
थियो तगारो सरी सीमा जुन्
त्यही सीमाना तरेर हारें
तिमी थिएनौं विजयसभामा
म जीतले नै बरेर हारें
रुँदै उ स्वीकार गर्न थाल्यो
पुरै भकारी भरेर हारें
ऊ भिर्छ तक्मा पदक् नखेली
म चाहीँ पालो टरेर हारें
वजूद ‘निस्तेज’ भा’छ मेरो
सधैँ अगाडी सरेर हारें ।