18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल उमा सुवेदी February 25, 2010, 2:49 am

तिमी मग्मगायौ र होसै उडायौ

उड्यौ भुन्भुनायौ र होसै उडायौ

उदायौ सरच्चन्द्रको पूर्णिमा झैं

खुल्यौ झल्मलायौ र होसै उडायौ

बजाएर पायल् हिड्यौ सुस्त सुस्त

डुल्यौ सल्बलायौ र होसै उडायौ

बन्यौ वाग पुष्पै चल्यो वास मन्द

फुल्यौ हर्हरायौ र होसै उडायौ

हिड्यौ नागवेली लतीका सरी भै

बग्यौ कुल्कुलायौ र होसै उडायौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।