शंका लाग्छ आफैलाई ज्यूँदो लाश हूँ कि म ?
निर्जन कुनै मरुस्थलको हुरी बतास हूँ कि म ?
ख्वै अस्तित्व आफ्नोपनको नहुनु या हुनु के हो
आँधी संगै उडि राख्ने भूवा कपास हूँ कि म ?
टाढा टाढा शुन्यता यो क्षितीज पारी के छ के छ ?
नगर्जिने नबर्सिने बाँझो आकाश हूँ कि म ?
न गन्तब्य न मन्तब्य त्यसै त्यसै हिंडि रे’छु
तिर्नु पर्ने नतिरेको बाँकी हिसाव हूँ कि म ?
के हूँ ? को हूँ ? कसरी हूँ ? किन हूँ ? म थाहा छैन
म छु, छैन ? भन, कतै रित्तो आभाष हूँ कि म ?
मणिग्राम, रुपन्देही ।