18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राज कुमार पुडासैनी February 24, 2010, 8:07 pm

कुन भाषामा सम्झाउँ साथी, हाम्रो देश नेपाल हो यो

सानो ठूलो जे भए नि, हाम्रो निम्ति बिशाल हो यो |

अरुको लागि केहि न होला, तर हाम्रो प्राण यही

प्यारो अरु चीजै छैन, आफ्नो भन्नु नेपाल हो यो |

शरिरको अंग जस्तै, मधेश पहाड़ अभिन्न छ

हामी सबको यौटै प्रतिक, साझा शीर हिमाल हो यो |

लड्ने मार्ने दिन गए, सबै मिलि बस्नु पर्छ

कसले भन्छ तेरो मेरो, हामी सबको नेपाल हो यो |

कसले गर्यो भागबन्डा, हाम्रो साझा मुलुकलाई

हामी सबको एकताको, पवित्र देश नेपाल हो यो |

नुवाकोट, हाल: बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।