18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत दिलिप योन्जन February 22, 2010, 11:25 pm

सबै आफ्नो पराइ भए, बाच्नु केको लागि

तल बगाई माथी खोज्ने,मान्छे कति स्वार्थी !

एउटा मुटु दुइटा भयो, लागेपछि खोट

बाँच्नु भन्दा मर्नु निको, लागेपछि चोट

बाहिर जति हाँसे पनि, मनै रहेछ पापी

तल बगाई माथी खोज्ने,मान्छे कति स्वार्थी !

हिड्दा हिड्दै ठेस लाग्छ, लागेपछि दिन

साँचो माया झूटो बनाई, लगाई छाडी रिन

बाहिर रुइ भित्र हाँस्ने, मान्छे रै'छ जाली

तल बगाई माथी खोज्ने, मान्छे कति स्वार्थी !

अस्टिन, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।