साउसँग, नेतासँग, हिरोसँग कहिल्यै भेटिदैन
त्यसैले आफ्ना मनको व्यथा कतै लेखिदैन ।
अध्यारोमै राख्न चाहन्छन् निष्ट सत्ताधारीहरु
छेक्न खोज्छन हत्केलाले सूर्य तर छेकिदैन ।
उकालोमा बुई चढ्ने ओरालोमा चिप्लने नेताहरु,
दियालो बल्ने झुपडीतीर कहिल्यै देखिदैनन ।
विमोचिन पछि मुक्त भए झै कवि कलाकारहरु,
तर कविता र गजलको सिउदो भने कतै रेखिदैन ।
कुर्सी होडमा जालो बन्छन् हाम्रा राजनेताहरु
डामाडोल भो राजनीति चिन्ता कसैमा देखिदैन ।
धरान