18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राजकुमार कान्छा February 22, 2010, 9:29 pm

बादल बिना 'सानुमाया' पानी परेपछि ।

बिनाअर्थ आँखाबाट आँशु झरेपछि ।।

तिम्रो सम्झनाले सताउँछ किन किन?

मेरो बाग छोडी अन्तै डेरा सरेपछि ।।

सुकेको घाउ आलोसरी दुख्छ अचेल,

दोबाटोमा भेट हुँदा आँखा तरेपछि ।।

एकअर्काको हात थामी कति जंघार सँगै तर्यौं,

कति दुख्दोहो यो मन, एक्लै घाट तरेपछि ।।

तिम्ले दे'को माया 'कान्छा'ले नि भुलिसक्यो,

यति चोखो, मीठो मायामा तिम्ले छल गरेपछि ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।