आँखा जुध्दा मनको कुरा उनैलाइ थाहा रहेछ
मन परे पछि आफ्नै ठान्ने पापी आँखे डाह रहेछ,
कहिलेकाही जिन्दगीमा नपाएको पाउनु पनि
माया प्रित्ति जिन्दगीमा नलाएको लाउनु पनि
मनमनै कुत्कुत्याउने कस्तो कस्तो चाह रै'छ
मन परे पछि आफ्नै ठान्ने पापी आँखे डाह रहेछ,
केहि क्षण आफूलाई भाग्यमानि ठानि हेर्दा
जसलाई पाए उनैलाइ देबता नै मानि हेर्दा
जिन्दगानी सुख मिलन नछुट्टिने लाह रै'छ
मन परे पछि आफ्नै ठान्ने पापी आँखे डाह रहेछ,
आँखा जुध्दा मनको कुरा उनैलाइ थाहा रहेछ
मन परे पछि आफ्नै ठान्ने पापी आँखे डाह रहेछ,
सिन्धुली,माझुवा, हाल: दोहा, कतार