भाले भएर पनि म न त कहिल्यै बास्न सके
कुरा खोल्न सकिन बोल्न न त कहिल्यै हाँस्न सकें
था'छ मलाई दिलमा बस्न बोलाका छन् नयनले
मन भित्रका लेउझेऊहरु न त मैले तास्न सकें
म पनि गर्छु धेरै माया सायद तिमीले भन्दा बढि
प्रस्तुत गर्न जानिन मात्र न त प्रीत गाँस्न सकें
अबुझ पक्कै होईन म आँखाको ईशारा बुझेको थें
तिम्रो छातीमा मेरो छाती न त कहिल्यै टाँस्न सके
पगाल्न नि परेन मलाई तिमी आफै पग्लेकीथ्यौ
अगाल्न नि सकिन तिमीलाई न त माया मास्न सकें
तनहुँ