एकोहोरो हुनै खोज्दा हिलाइदिने तिमी हुनु
जान लाग्दा अन्तिम घुटका पिलाइदिने तिमी हुनु
बोलि बस्ला तिमीसँग बाचा गर्न बाँकि नै छ
तर पनि भेट्ने कसम खिलाइदिने तिमी हुनु
लान खोज्छु होला सबै तिम्रा तस्विर पत्रहरु
शाभिर भित्र एउटा खल्ति सिलाईदिने तिमी हुनु
बोलि बस्यो, स्वास बन्द मनको गजल अधुरै छ
काफिया रदिफ पुरै मिलाइदिने तिमी हुनु
आखिर त म हराउने छु हेर्दा हेर्दै
स्वप्नमा आउने हक दिलाइदिने तिमी हुनु
रेडियो मकवानपुर, हेटौडा -५