18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समवेदनाका शृङ्खलाहरू

लघुकथा डा. रविन्द्र समिर February 16, 2010, 10:56 pm

‘मलाई कहिल्यै पनि चिन्ता, तनाव, अधैर्यता ......हुँदैन ........।’ उसले दृढता व्यक्त गर्दथ्यो – परिवार, समाज, साथीहरूसँग ।

उसको धैर्यता, सहनशीलता एवम् स्वाभाविक व्यवहारबाट सबैलाई त्यस्तै लाग्दथ्यो । नपत्याए परीक्षण गरेर हेरे हुन्छ – उसको पहाडजस्तो अटल दाबी कसैलाई पनि अस्वाभाविक लाग्दैनथ्यो ।

जीवनयात्रामा ऊ धेरै ठाउँ, असफल भयो, ठक्कर खायो, सङ्घर्ष भोग्यो – तर ऊ हिमालजस्तै मुस्कुराइरहृयो । पढाइमा असफल हुँदा, सम्पत्ति नष्ट हुँदा, बिरामी पर्दा, भोकप्यास लाग्दा, आर्थिक अभाव हुँदा, मनपर्ने वस्तु खोसिँदा, आपूmले गरेका कामहरू बिग्रँदा ...........ऊ सहज देखिन्थ्यो – मानौँ कुनै घटना घटेकै छैन ।

उसको असाधारण तथा आशावादी गुण देखेर एउटी सुरूपा युवतीले उससँग प्रेम गर्न थाली । त्यसपछि उसको मनमा खुसीको उन्माद, चिन्ता, तनाव, अधैर्यता आदिका शृङ्खलाहरू सुरु भए ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।