18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भाष्कर काजी February 16, 2010, 10:23 pm
भाष्कर काजी
भाष्कर काजी

चाहिँदैन दर्शन तिम्रो, सक्छौ एक गास देउ

झूपडिमै भए हुन्छ आनन्दको बास देउ ।

हातगोडा सम्पत्ति छन्, मृत्तिका हाम्रो देश

श्रम रोपी सुन फलाउँछौँ सक्छौ बाहुपास देउ ।

चाहँदैनन् बमको खेती, शान्तिप्रेमि नेपालीले

न्याय छरी यो भूमीमा चयनको सास देउ ।

दौरा सुरुवाल छोड्यौ, टाई सुटमा हुन्छौ तिमी

सुटबुट माग्दैनौ हामी जीउ ढाक्ने कपास देउ ।

बिर्सिदेउ तितो अतित् ,अझै समय बाँकी छ

भविष्यका सन्ततीलाई सुनौलो इतिहास देउ ।

पाप लाग्छ तिमीलाई, धेरै सिउँदो उजाड्यौ

नछुटाईदेउ जोडि ढुकुर मीठो मधुमास देउ ।

रुँघा – ७, रुकुम,हाल: त्रि. वि. कीर्तिपुर।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।