खुशी खोज्दै सिद्धिन्छ, रहर रै'छ जीन्दगी
अभावमै बित्छ साँच्ची कहर रै'छ जीन्दगी ।
माथि आशा पिल्पीलाउँछ, तल जीवन मर्छ
बत्ती मुनीको अँध्यारो शहर रै'छ जीन्दगी ।
मान्छे भन्छ, रातपछि त उज्यालो हुन्छ रे
भाष्कर बिनाको बिहानी प्रहर रै'छ जीन्दगी ।
आवरण जति फेरे नी, खै को छ सुखी यहाँ ?
तडपाएरै मार्छ अनौठो जहर रै'छ जीन्दगी ।
जति घुमे फिरे पनि, आखिर उहि सेरोफेरो
एक पछि अर्को सपनाको लहर रै'छ जीन्दगी ।
बाहिर फिस्स हाँसे नी, भित्र छन् छट्पटीहरु
अबिरल बगाउँछन् यी नहर रै'छ जीन्दगी ।
पाला –२, बागलुङ्ग, हाल: त्रि. वि. कीर्तिपुर