18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बसन्‍त मोहन अधिकारी February 16, 2010, 10:00 pm

आजभोली माग्ने भन्दा लुट्नेहरु महान अरे

लुकीछिपी मान्छे मार्न कुट्नेहरु महान अरे

पाप धर्म हाम्रो कर्म आफैलाई थाह छैन

गल्ती गरि बिना दण्ड छुट्नेहरु महान अरे

दुःख पर्दा आँशु झार्दै मेरो राजा भन्नेहरु

फकाएर लुटिसकी चुट्नेहरु महान अरे

कर्म गरि खानेहरु गाउँघरका पाखेँ भए

कुकर्म र वासनामा जुट्नेहरु महान अरे

लोभीपापी घरभरी सुख सयल खोजी राछन्

आफ्नो घर भडाएर फुट्नेहरु महान अरे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।