18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत मनु लोहोरुङ् February 14, 2010, 1:26 am

मेरो मनको ताल भरी, कल्पनाको पानी,

पौडि-रै'छ त्यहीं भित्र, मेरो जिन्दगानी ।।

खोला भई बग्छु भन्थें, पुग्न सागरमा,

तर म त अल्झिएछु, यतै बगरमा ।

पहिरो गयो जीवनबीच, धमीलियो पानी,

सोचे जस्तो सङ्लिएन,कहिले जिन्दगानी ।।

मेरो मनको ताल भरी....

पौडि-रै'छ त्यहीं भित्र....

साथी भाइले यही धर्तीमा,चुमी रै'छन आकाश,

आफ्नो त तुवाँलोले, छेकिदिन्छ प्रकाश ।

मनको शीत जमेर नै हिउं भयो पानी,

कल्पना मै बग्ने भयो, सधैं जिन्दगानी ।।

मेरो मनको ताल भरी,कल्पनाको पानी,

पौडि-रै'छ त्यही भित्र, मेरो जिन्दगानी ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।