वरिपरि आँखा छलि उनलाई लिइ गएछु म
भावना संग गोधुलिमा कता कता बहेछु म
उनि मेरो साथ हुदाँ छुट्टै मजा जोस थियो
हिड्दा टाढा पुगिएछ थकाई त्यो सहेछु म
सुनसान हरियाली ठाउँमा अव वसौँ भनिन्
मेरो सिरानि कहिले उनको सिरानी भएछु म
एउटा कुरा राखे धक अलि मानिन् लाज पनि
चुम्बन लिए आधरमा मंजुरीमा लएछु म
अंगोलमा कस्सियौँ जव के भो पछि नसोध अव
वर्वराउँदै उठेँ थुइक्क सपनिमा पो रहेछु म
दमौली एफ.एम. तनहुँ