आएनन् पापी फर्केर
रुन्छ नि छाति चर्केर ।
बलेनि झैं भए गह
न निभ्यो डाह दर्केर ।
कर्म फुट्यो धैर्य टुट्यो
बित्ने भो जुग पर्खेर ।
आए है पुग्छ सहन्छु
अव बोलेनि झर्केर ।
फिनल्याण्ड
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।