शान्त समुन्द्रको जस्तो स्थिर रै'छ जीवन
नयन रुँदाको आँशु पिर रै'छ जीवन ।।
उज्यालो पन्छाउन नसके पनि दीपले
उज्यालो दिने प्रकाशको तिर रै'छ जीवन ।।
भयानक डँढेलोको जस्तो उग्रता पनि छ
एकोहोरो यात्रा बिचको भिर रै'छ जीवन ।।
मैन पनि बल्दै जाँदा पग्लिदै पो जान्छ
पग्ले सबै अवशेषमा जन्जिर रै'छ जीवन ।।
रझेना ५,कृष्णनगर, बाँके
हाल: रेडियो जनआवाज ९७.३, नेपालगंज