धरो धर्म
मलाई बिजुलीको
उज्यालो चाहिँदैन,
किनकि,
अँध्यारोमै मेरो पुरानो
भ्रष्टचारको खेती सप्रिन्छ....
त्यसैले
मैनबत्ति बाल्नेहरुलाई
साँचो बक्दैछु.....
कानुनको
कठघरामा उभिएर होइन,
पार्टीको
कूश पानी पिएर
भन्दैछु.....
यो राज्यमा
कोही भोका, नाङ्गा छैनन्
अझै पनि
म टायर बालेको
आगो छोएर भन्दैछु.....
मलाई यो देशको
संविधान बनाउने फुर्सद छैन
किन कि
अझै जेनेभाको यात्रा बाँकी छ
सिंहदरबार र बालुवाटारको
पुराना ठेलीहरु छोएर भन्दैछु....
गाई खाने मलाई,
माटो र मलको चिन्ता छैन,
फूल फुल्नु फुलाउनु पो हतार छ
धर्म निरपेक्ष र
समावेशीको नारा
लाएर भन्दैछु.....
मेलम्ची खोलाको कसम
यो भुमि जलस्रोतको धनि
खाने पानी चाहिंदैन मलाई
मरुभूमि मनले हिंजै
प्यास मेटाई सकेँ
मैले हजारौ सहिदको रगतको
भल सम्झेर भन्दैछु......
शित्तलपाटी-६ संखुवसभा,हाल: इजरायल