माया लुटि बैगुनीले दिल पारी खाली आज
सपनाको रुख चढाई फेदैबाट ढाली आज
रहरहरु फुलाएथें उद्दानका पुष्पसरी
काट्नुपर्ने छाँट्नुपर्ने कता गइ माली आज
रमिते हो दुनिया यो सबैको उपहास भएं
आँशु झर्दा नयनबाट बजाए ती ताली आज
लाज पचेकी त्यो बैगुनीलाई के भनौं र खै
उसले दे'को आशिष पनि लाग्न थाल्यो गाली आज
बाटो मोडे रुन्छु भन्थी छोडे एक्लै हुन्छु
चोखो माया कुल्चिएर अन्तै पाईला चाली आज
दोष आफ्नो लुकाएर मन मेरो दुखाएर
अवशेष गरिमा त्यो नक्कलीले फाली आज
साँढे सातको दशा हो की खै केको नशा हो
आवश्यक भन्दा बढी अभिलाषा पाली आज
पानीमाथि आगो बाल्दै बालुवामा पानी हाल्दै
लुटाउँदैछे प्रतिशोधमा पवित्र दिलको थाली आज
दमौली एफ.एम.,तनहुँ