सामु आऊ तिमीलाई हेर्न मन लाग्यो
सुम्सुम्याउँदै मायाले छुन मन लाग्यो
भावना भित्र त्यो सपना सजाउँ कति
आशा भरिएको बात मार्न मन लाग्यो
छाड ती बंधन जो थोपरिएका छन्
तिम्रो पातलो ओठमा चुम्न मन लाग्यो
वासना त्यो नठहरियोस चाह यी मेरा
केश राशी संगै सुस्ताउन मन लाग्यो
सम्हाल अब मेरा जीवनका आकांक्षा
त्यो नयन भित्र कैदी बन्न मन लाग्यो
सीयाटल, अमेरिका