18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राज कुमार पुडासैनी February 1, 2010, 8:26 pm

अभुतपूर्ब एकता त्यो, बिर्सियौ कि कुन्नि

ती हातसंगै यी हातहरु, बिर्सियौ कि कुन्नि ||

लक्ष यौटै मुक्ति यौटै, हिजोसम्म यात्रा यौटै

कुन मोहमा फस्यौ आज, झुक्कियौ कि कुन्नि ||

अगाडिको साथी ढल्दा, तिम्रो आँसु मैले पुछ्थें

सम्झी हेर ती दिन फेरी, बिर्सियौ कि कुन्नि ||

'इन्क्लाब' जिन्दाबाद, जन-सागरले शहर घेर्दा

दुश्मनको के हाल भो, बिर्सियौ कि कुन्नि ||

सडक भरि जनताको, आवाज र सपना बाहेक

अरु पुग्ने बाटै छैनन्, अल्मलियौ कि कुन्नि ||

पानी जस्तो सस्तो होईन, हज्जारौंको रगतले

बल्ल तल्ल ल्या'को 'चीज'लाई, बिर्सियौ कि कुन्नि ||

नुवाकोट, हाल: बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।