18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आचार्य प्रभा January 31, 2010, 4:55 am

आजभोली बोलाउँदाखेरि बोल्न छोड्यौ

के भयो र भूल मेरो फेरि बोल्न छोड्यौ ।

खाली थियो मुटुभित्र जिन्दगीको पाना

त्यै पानामा नाम आफ्नो हेरी बोल्न छोड्यौ ।

इशाराले दोबाटोमा पर्खायौ र फेरि

बिना दोष नै मलाई केरी बोल्न छोड्यौ ।

कैलेकाहीँ हिँड्दा तिम्रो आँगनीको बाटो

त्यो बाटोलाई बारले बेर्ही बोल्न छोड्यौ।

सधैं भेट हुने हाम्रो त्यो गोरेटो, गल्ली

सवैलाई पर्खालले घेरी बोल्न छोड्यौ ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।