18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आशांक उपाध्याय January 31, 2010, 2:00 am

बन्दैछ, पिरती यो धनको गजल

लेख्दैन, मसी कालो जनको गजल

फुर्दैन, कत्ति गर्दा दिमाग घुमाई

झम्टिन्छ, फर्की फर्की तनको गजल

सुन्दैन, कोहि यहाँ अरुको दु:खाई

देखिन्न, रंगी चंगी वनको गजल

भर्दैछ, रक्त कुण्ड बढेर लडाई

जानिन, रच्न आफ्नोपनको गजल

गन्दैछु, रोइ रोइ दिन यो बिताई

सक्दिन, लेख्न भित्री मनको गजल

कालिन्जोर-२, सर्लाही, हाल: ईराक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।