तिमी सामु आज मैले हात छोडेँ
तिम्रा झुटा कशम साथै बात छोडेँ
पहिला लिई हातमा फूल पाउमुनी
किच्चिएको डाँठ अनी पात छोडेँ
कल्पना गरायौ उज्यालो आँखा छोपी
दिन भन्यौ मैले जुनेली रात छोडेँ
बिना तिमी एक्लो जीवन अन्धकार
आज भुल्न नसकिने चाहत छोडेँ
तिम्रै तस्बिर स्मृतिको हल्का नशा
लठ्ठीएर यही नशामा साथ छोडेँ
माझुवा ४, सिन्धुली; हाल: दोहा, कतार