एउटा कुरा भन्नु थियो माया लाउनेहरुलाई
प्रिती सस्तो बनाई गजल गाउनेहरुलाई
खोजेर माया पाईन्न हजुर रोजेर माया लाइन्न
अर्काको दिलमा बलजफ्ती धाउनेहरुलाई
सजिलै पाए माया सस्तो नपाए प्रतिसोध जस्तो
बलिदान भुलेर बादल बनी छाउनेहरुलाई
मायामा समर्पण हुन्छ न कि मोल र शर्त अरु
धाँधलीमा बाजी जिती अरु हराउनेहरुलाई
चिने श्रीखण्ड माया नचिने खुर्पाको बिंड हुन्छ मित्र
अनमोल यो माया बेचि बदनाम गराउने हरुलाई
अनुमति वीना बगैंचा घुमी रस चुस्न पल्केका
बैमान भमरा झैं फुलमा मन चराउनेहरुलाई
जवानीको जोशमा होसको ओखती खानु पर्थ्यो संगी
विचरा भन्दिन म प्रेममा धोका पाउनेहरुलाई
दमौली एफ.एम. तनहुँ