18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत बिष्णु नन्द चाम्लिङ्ग January 26, 2010, 3:36 am

आफू रित्तिएर पनि तिम्रै अभाव सुल्झाइ रहेँ

तिमीलाई खुसी दिनु यो मनलाई कजाइ रहेँ

बिहानीको उषाकिरण तिमीलाई दाइजो दिएँ

हुरीझरी बादल जति आफ्नो निम्ति साँचेँ

गोधुली साँझ अनि चाँदनी रात तिमीलाई

सुनसान अन्धकार औँसीको रात मलाई

भएकोछु एक्लो आज तिमीलाई साथ दिइ

अतितलाई भूल्न खोजेँ बेदनाको आँशू पिइ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।