18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल मनु लोहोरुङ् January 25, 2010, 3:12 am

नछुटिने एउटा नाता,जोड्नु थियो तिमीसँगै

नटुंगिने एउटा यात्रा, मोड्नु थियो तिमीसँगै ।

चाहिँदैन मलाई यहाँ,घोच्ने काँडा गुलाफको,

अजम्मरी एउटा फूल, गोड्नु थियो तिमीसँगै ।

जुनी-जुनी अधर गाँसी,जिन्दगीको उकालोमा,

दु:खका यी पहराहरु, फोड्नु थियो तिमीसँगै ।

खुराफाती गर्ने गरुन, मात्र साथ पाए तिम्रो,

समाजको बन्धन सबै, तोड्नु थियो तिमीसँगै ।

सितलपाटी-६,संखुवसभा; हाल: इजरायल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।