18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल पोखरेल पवित्रा January 23, 2010, 11:49 pm

तिमी आयौ सम्झनामा मिठा सपना बुने मैले

हराउछ्यौ कि कतै भनि आँखा भरि थुने मैले

प्राण भर्यौ निरस मेरो जीवनमा तिमी आइ

एकान्तमा तिम्रो भाका रात भरि सुने मैले

ओइलाएर झरीजाने मौसमी फूल नहोस भनि

हाम्रो माया मखमली माला भरि उने मैले

नियतिले दूर पार्यो आज हामी दुवैलाई

तिमीलाई सपनीमा गाला भरि चुमे मैले

ईश्वरको रचनामा सर्वश्रेष्ठ तिमी एक

तिमीलाई हजारौको भिडभरि चुने मैले

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।