छातीमा जडिरहने जुहार भनुँ कि सरताज भनुँ
मेरी प्राण प्रियारीलाई लैला भनुँ कि मुमताज भनुँ ।
बेसुरा–बेसुरा उनीबिना, सारा बज्ने बाजाहरु
उनीलाई मेरो सङ्गीतको, अदा भनुँ कि आवाज भनुँ ।
प्रभात आउँछ याद बोकेर, सन्ध्या जान्छ झल्का छाडी
दुई घडी जिउने जिन्दगीको, सार भनुँ कि राज भनुँ ।
भावनाको सागर तरी, सगर नाप्ने धोको मेरो
यात्राभरिको सङ्गिनी उनी, डुङ्गा भनुँ कि जहाज भनुँ ।
लाख जन्म लिएँ सायद, उनीसँग मिल्नलाई
मेरो तपस्या उनीलाई, कुरान भनुँ कि नमाज भनुँ ।
अल्झिएर कहीँकतै, गाह्रो यात्रा रोकेका बेला
अँध्यारो रविमा उज्यालो थप्ने, नुर भनुँ कि नाज भनुँ ।
जिरी ८, दोलखा