चाकडी र चाप्लुसीलाई माया गर्छौ तिमी
गरिखाने सामान्यलाई आँखा तर्छौ तिमी ।
न छौ स्वच्छ न छौ सफा भन्छौ सुन्दर छु
फोहोरको डङ्गुरभित्रै स्वार्थ भर्छौ तिमी ।
दाता आए हात पसार्छौ नुन माग्नेलाई गोली
स्वार्थरुपी आगो ताप्न नजिक सर्छौ तिमी ।
पदमा हुँदा ढोग्छौ दिनरात लुट्नु स्वार्थ लुट्छौ
खाई पचाइसकेपछि उजुर गर्छौ तिमी ।
कुरा ठूलो काम शून्य कस्तो बानी ढङ्ग
सदाबहार सत्ता दाग्नै मुच्र्छा पर्छौ तिमी ।
चितवन