मैले जून भनी पुजीरहे तिमीले धुलो बनाइ पुछिरहेउ
म आँशुमा रुझी रहे तिमीले खुशी मुछी रहेउ
विश्वाश पनि कति गर्थे आफूलाई भन्दा बेसी
सम्झीएरै के पो गर्नु जिबनबाट टाढा भए पछि
अश्रुधारा धेरै बगे अब त मुहान सुकी सक्यो
तिम्रा अघी हजार आँखा थकाएरै झुकी सक्यो
तिम्रोलागि केही थिएन कसैको मन चोर्नु थियो
आफ्नो स्वार्थ पुरापछि अन्तै बाटो मोड्नु थियो
किन लायौ झुटो माया छाडीजानु थियो भने
किन गर्यौ नाटक तिमीले झुटो कसम खानु थियो भने
चुसी फ्याक्नु थियो त फूल किन हातमा लिइ हिड्यौ
च्याती फ्याक्नु थियो त मुटु ब्यर्थै किन सिइ हिड्यौ
सिन्धुली,माझुवा, हाल: दोहा,कतार