बोट बाट झर्या फूल गन्छौ भने ठिकै छ,
अझै पनि मलाई आफ्नो भन्छौ भने ठिकै छ ।
कस्तुरीझै आफ्नो बीना खोज्छेउ कतिन्जेल,
जून खोज्न माटो मुनि खन्छौ भने ठिकै छ ।
बिर्सिदेउ भनिसके सम्झिएर रुन्छौ किन,
नभएको चोट तिमी सहन्छौ भने ठिकै छ ।
कागजको थुँगा सजाई कहाँ हुन्छ फूलबारी,
हीरा तिमी आफै कौडि बन्छौ भने ठिकै छ ।
लामो हुन्छ जिन्दगी त यात्रा अबिराम छ,
गन्तब्यलाई बिर्सिएर एक्लै रहन्छौ भने ठिकै छ ।
लखनपुर ४, झापा