मुगलान नपस भन्दा भन्दै किन पसेको हँ
श्रम सिप खन्याएर त्यहाँ किन बसेको हँ
सगरमाथा चुमिरहने तेरा पुर्खाहरु थिए
नाक काट्न विरहरुको खाडिमा किन खसेको हँ
श्रीमतिको मन बुझ्ला र तेरो धन कमाइले
अँगालो रित्याइ जवानीलाई किन डसेको हँ
यै हिमाल यै पहाड यै तराइ सुन्दर छन्
गुलामिको दलदलमा अझै किन फसेको हँ
फर्कि माहिला फर्कि अब साहिलोलाइ साथ लिइ
भोको पेट दबाउन कम्मर किन कसेको हँ