चौतारीमा सुन्तलीसँग माया ला'को गजल हो यो
आली लाउन लाम्टारिमा पर्म गाको गजल हो यो
डराऊँदै नजिक आउँथी मजेत्रोले मुख छोप्दै
देउरालीमासँगै मिली कसम खाको गजल हो यो
लजाऊँदै शिर राख्थी अग्लो मेरो काँधमाथि
साँझपख पंधेरोमा भेट्न धाको गजल हो यो
झुक्याउँदै साथी-संगी गुराँश काफल खान जाँदा
हराएर एकैपटक राती आ'को गजल हो यो
थाहा पाई हाम्रो माया समाज डाक्दा गाउँ भरी
वरिपरि नचाहिदो हल्ला भाको गजल हो यो
निस्किई घरबाट दुबै झुप्रोको निवास हुँदा
मिलिजुली खर काटी छानो छाको गजल हो यो
जातपात छुवाछुतको समाज बीचमा पनि लड्दै
जुनी जुनी नछुटिने साथ पा'को गजल हो यो
कास्कीकोट-७ कास्की