18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सबिन सिंह January 19, 2010, 7:20 pm

तिमीसँग रमाउने जीन्दगीको सार भयो ।

धेरै धेरै जीत अनि अलिकति हार भयो ।।

मुस्कान छ प्यारो तिम्रो रूपरंग नै मोहनी ।

हेर्नलाई आफ्नै आँखाबीच मारामार भयो ।।

कुँडिएको मुटु मेरो सम्हालेर राख्या थिएँ ।

माया बोली तीर सरी छाती वार पार भयो ।।

भावनाका छालहरू कति रोकें कति छेकें।

मदहोश भई गल्ती मिठो बारबार भयो ।।

मनभरी राज्य तिम्रो दुःख रम्ने ठाउँ छैन ।

खुशीमात्र बस्ने भए आँसु अब भार भयो ।।

पूर्णे जून अस्ताएर औंसी रात छायो किन?

हराएको मुस्कान त्यो मुटु रेट्ने धार भयो ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।